विद्यार्थीलाई दोस्रो मात्रा खोप सुरु

माघ ८, दैलेख
दैलेखमा १२ वर्ष उमेर पूरा भएका विद्यार्थीहरुलाई कोरोना बिरुद्धको दोस्रो डोज खोप अभियान सुरु गरिएको छ । १२ वर्षदेखि १८ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा सुरु गरिएको हो ।
यस अघि दैलेखका ११ वटै पालिकामा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये ३५ हजार ६ सय विद्यार्थीहरुलाई पहिलो डोज लगाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
दोस्रो डोज शनिवारबाट सुरु गरिएको छ । शनिवार दैलेखको नारायण नगरपालिका र आठविस नगरपालिकामा खोप अभियान सुरु गरिएको हो । पहिलो पटक खोप लगाउन छुटेका विद्यार्थीहरुलाई समेत यसपाली समावेश गरेर खोप अभियान थालिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
माघ १६ गते सम्म दैलेखका ११ वटै पालिकाका सबै विद्यार्थीहरुलाई खोप लगाईसक्ने बताइएको छ । दैलेखमा पनि कोरोना संक्रमण बढ्दै गएका कारण स्वास्थ्य मापदण्ड पालना गर्न, मास्क अनिवार्य लगाउन, भौतिक दुरी कायम गर्न भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखले निरन्तर सचेतनामुलक अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार